हिपमत डटकम
बिराटनगर, मंसिर ३० गते ।

चर्चित गीत म भन्दा निको सफलतापछि म भन्दा नि २ धेरै माया गर्ने मान्छे केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड १८ लाख भ्युज आईसकेको छ भने दोश्रो भाग पनि ४५ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।
धेरै श्रोता दर्शकले म भन्दा नि २ लाई तिमी विना बाच्दिँन म भन्ने तिमी बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी विना बाच्दिँन म भन्ने भाग टिकटकमा भाईरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए ।

भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन् । पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ३२ लाख भन्दा बढी रहको छ । दाश्रो भाग धेरै माया गर्ने मान्छे मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै धेरै श्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए ।
धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए । सोही अनुरुप प्रमोद खरेलको आवाजमा म भन्दा नि २ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।
अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ । हाललाई लिरिकल भिडियोको रुपमा बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने जानकारी हामीले पाएका छाँै । सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराईको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!