बिहिबार, बैशाख ०४, २०७७ || 907  पटक पढिएको

मिर्गौला प्रत्यारोपण गरी फर्किएको एक सातामा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीलाई सम्बोधन गर्न टेलिभिजन पर्दामा देखिए। उनले सुरुमै भने, ‘आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरूसामु उपस्थित भएको छु।

यति खेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुक यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन। तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं।’

त्यस दिन अर्थात् चैत ७ गतेसम्म देशमा एक जना संक्रमित थिए। त्यो संख्या बढेर अहिले १६ पुगेको छ। प्रधानमन्त्रीले भनेजस्तो ‘जोखिमबाट ढुक्क नहुने’ संकेत देखिन थालेको छ। त्यही भएर सर्वसाधारणमा त्रास बढ्दो छ। तर, नआत्तिनुहोस्– उपचार सफलता र नियन्त्रण सुझबुझका हिसाबले हाम्रो देश संसारमै गनिने अवस्थामा छ।

संक्रमित संख्या १८ भएको जिम्बावेमा ३ र बेलिजमा २ जनाको ज्यान गएको छ। नेपालसरह १६ संक्रमित भएको मालाबीमा २ जनाको मृत्यु भएको छ। ७ संक्रमित भएको मौरितानियामा १ जना बितेका छन्। खुसीको कुरा, स्वनिर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट– पीपीई) लगाएर पनि नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीले प्रभावकारी उपचार सेवा दिइरहेका छन्। साथमा आफूलाई पनि संक्रमणबाट जोगाइरहेका छन्।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ठीक एक महिनाअघि एउटा दैनिकमा लेख लेखेका थिए। त्यसमा भनेका थिए– ‘नेपालमा कोरोना पुष्टि भएका पहिलो संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अगाडिसम्म उनको नमुना परीक्षणको नतिजा आइसकेको थिएन। उनलाई उपचार गर्दा विशेष सुरक्षा कवच ९पीपीई० पनि लगाइएको थिएन। तर पनि चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोरोना सर्न पाएन। उनका कुरुवा पनि सर्नबाट जोगिए।’

अर्थात्, कोरोना भाइरस भनेर नचिनी पहिलो उपचार पूरा भयो। तर, कसैलाई केही भएन। यसको अर्थ– हाम्रा चिकित्सक सुरक्षित उपचारमा निपुण छन्। ढुक्क हुने एउटा आधार यो पनि हो। साथमा सरकारले कोरोना नियन्त्रण÷उपचारकै लागि भौतिक पूर्वाधार थपेको वा तयार गरेको छ। जनशक्ति परिचालन बढाएको छ। सचेतना विस्तार गरेको छ। लकडाउनमा नागरिकको अन्तरमनबाट साथ–सहयोगको आवश्यकता छ । अन्नपूर्ण पोष्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!