बुधबार, बैशाख ०३, २०७७ || 1154  पटक पढिएको

एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ । सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा सङ्घसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!