बुधबार, बैशाख ०३, २०७७ || 873  पटक पढिएको

कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित किशोरी सोही नगरपालिका–१ स्थित चनौरामा रहेको आफन्तको घरमा यही वैशाख १ गते भेटघाट गर्न गएकी र मङ्गलबार बिहान आफ्नो घर धनगढीतर्फ फर्किने क्रममा खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका चार जनाको समूहले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त समुहले धारिलो हतियार देखाई पीडितसँगै रहेका तीन जनालाई कुटपिटसमेत गरी पीडितलाई त्यहाँबाट झण्डै १०० मिटर टाढा एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!