सोमबार, मंसिर ३०, २०७६ || 1174  पटक पढिएको

हिपमत डटकम
विराटनगर,मंसिर-३०गते ।

अग्रज साहित्यकार रमाप्रसाद रिजाल र कवि लक्ष्मी श्रेष्ठद्वारा लिखित कृति विराटनगरमा विमोचन गरिएको छ । ९२ वर्षीय रिजालको ‘कथा एउटा आँगनको’ कवितासंग्रह र श्रेष्ठको ‘मनका तरंगहरू’ हाइकू संग्रह विमोचन गरिएको छ । रिजाल ६ दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय छन् । श्रेष्ठ पनि अढाई दशकदेखि साहित्य लेखनमा सक्रिय छन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्राज्ञ गंगा सुवेदी, साहित्यकार दधिराज सुवेदी र आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलले संयुक्त रुपमा दुवै कृतिको विमोचन गरे । कवि रिजाल लिखित‘कथा एउटा आँगनको’ कविता संग्रहमा विभिन्न विषयमा लेखिएका ३८ वटा कविता समेटिएका छन् भने श्रेष्ठ लिखित हाइकुसंग्रहमा ५ सय वटा हाइकुहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा प्राध्यापक कविराज न्यौपाने, साहित्यकार बलराम पोखरेल र हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । कवि गोकुल अधिकारी, मीनकुमार नवोदित, भूषण ढुंगेल, मञ्जुश्री गिरी, दिङ्लाली कान्छो, हेमसागर पोखरेललगायतले विमोचित कृतिभित्रका सिर्जना वाचन गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!