मंगलबार, बैशाख ०२, २०७७ || 1181  पटक पढिएको

सरकारले सीमाबाट प्रवेशमा अनिश्चितकालिन रोक लगाएको भन्दै हवाई र जमिन मार्गबाट कसैलाई पनि विना अनुमति प्रवेश नदिने स्पष्ट पारेको छ । कोरोना भाइरसको रोकथामका लागि सीमा नाका बन्द गरिएको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले झन् कडाई गरिएको प्रष्ट पारे ।

मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउँदै उनले लकडाउन अवधि लम्ब्याइएको खुलाउँदै सीमा नाका अनिश्चितकालका लागि बन्द गरिएको बताए । त्यस अवधिमा कसैलाई विना अनुमति बाहिर जान र लान नदिने स्पष्ट पारे ।

भारतसँगको सीमाबाट अवैध तरिकाले मानिसहरु लकडाउनमा प्रवेश गरेको र कोरोना संक्रमित भेटिएको तथ्य खुलेपछि सरकारले सीमामा कडाई गर्ने निर्णय गरेको हो । वीरगञ्जको मस्जिदमा भारतबाट लकाउनमा प्रवेश गरेका तीनजना भारतीय संक्रमित भेटिएका छन् ।

संक्रमितहरु मस्जिदमा बसेको पाइएपछि सरकारले अब देखि विदेशबाट विना अनुमति प्रवेश गरेकालाई आश्रय दिनेलाई पनि कारबाही गर्ने निर्णय गरेको हो ।

लकडाउनका समयमा देशभित्र छिरेका छ जनामा कोरोना संक्रमण पत्ता लागिसकेको छ । जसमध्ये तीनजना पर्सा, दुईजना कैलाली र एकजना रौतहटमा भेटिएका हुन् । उनीहरु भारतबाट प्रवेश गरेका थिए ।

सीमामा कडाईका लागि सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृह मन्त्रालयले पहाडी जिल्लाबाट र व्यक्तिगत सुरक्षाका लागि खटिएकाहरुलाई तानेर सीमा क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!