हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 734  पटक पढिएको

सुनसरी — पूर्वी पहाडी र तराई क्षेत्रमा लगातार परेको वर्षाका कारण कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा उतारचढाव जारी छ।

सोमबार बिहान ६ बजे पानीको बहाव १,७५,६८५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो, जुन राति ८ बजेसम्म पनि स्थिर रह्यो। तर, राति १० बजे पानीको बहाव १,७९,७४० क्युसेक प्रतिसेकेन्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

हाल कोशी ब्यारेजका ५२ मुख्य ढोका र ४ नहरमध्ये १९ वटा ढोका खोलिएका छन्।

कोशी ब्यारेज भएर पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा संकेतस्वरूप रातो बत्ती बालिने प्रावधानअनुसार, अहिले ब्यारेजमा रातो बत्ती बालिएको कोशी कन्ट्रोल रुमले जनाएको छ।

स्मरणीय छ, २०६५ साल भदौ २ गते कोशीमा १,६८,००० क्युसेक पानी बग्दा पूर्वी तटबन्ध भत्किएको थियो, जसले ठूलो विपद् निम्त्याएको थियो।

सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!