रामकुमार परियार

मंगलबार, साउन २१, २०८२ || 1377  पटक पढिएको

पथरीशनिश्चरे । पथरीशनिश्चरे – २ स्थित रेडस्टार मावि राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको छ ।

हिजो (सोमबार) सार्वजनिक नतिजा अनुसार यसपटक रेडस्टार माविका दुई विद्यार्थीहरु चन्दन शाह र प्रविन कट्टेलले समान ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम बन्न सफल भएका छन् ।

व्यवस्थापन समूह सहित सबै समूहमा पथरीशनिश्चरेमै सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयको यो उपलब्धिले विद्यालयको मात्र नभई सम्पूर्ण प्रदेश र नगरको शैक्षिक छविमा नयाँ उचाइ थपेको छ।

रेडस्टारले विगत सात वर्षदेखि पथरी शनिश्चरे नगरपालिकामा निरन्तर सर्वोत्कृष्ट नतिजा निकाल्दै आएको छ । विद्यालयका अनुसार यसपटक कक्षा १२ को परिक्षामा सहभागी कुल २७० परीक्षार्थीमध्ये २६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । नतिजाअनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपीए प्राप्त गरेका छन् ।

विद्यालय प्रशासनले यो सफलतामा अनवरत रूपमा योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक र शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा थप शैक्षिक प्रगतिको शुभकामना दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!