काभ्रेपलाञ्चोक जिल्लामा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा आरडीटी किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको हो ।

मंगलबार गरिएको सो परीक्षणमा नतिजा पोजेटिभ देखिएको हधुलिखेल अस्पतालका डा.सुमन ताम्राकारले जानकारी दिए । आरडीटी किटबाट गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपनि त्यसलाई संक्रमण भएको मान्न नसकिने डा.ताम्राकारले बताए ।

संक्रमण देखिएपछि ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी काठमाडौंको टेकु अस्पताल पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!