मंगलबार, बैशाख ०२, २०७७ || 1039  पटक पढिएको

सामाजिक सञ्जाल फेसबुकमा बिशाल नेपालीले नयाँ बर्ष को शुभकामना ब्यक्त गर्दै एउटा पोष्टर सार्वजनिक गरेका छन् । उक्त पोष्टर भने “प्रेम रथ ” नामक वेब सिरीज को रहेको छ। दुई दर्जन म्यूजिक भिडीयोहरू निर्देशन गरीसकेका नेपालीले “प्रेम रथ” वेब सिरीज को निर्देशन आफैले गर्ने बताएका छन् । उक्त वेब सिरीज भने बिग नेपाली फिल्मस को ब्यानर बाट निर्माण हुन लागेको छ । उक्त वेब सिरीज पुर्ण रूपमा प्रेम र बर्बादीको कथामा आधारीत रहेको निर्देशक नेपालीले बताएका छन् र यस वेब सिरीजको कथा पनि निर्देशक नेपालीले नै तयार पारेको वताए । यस वेब सिरीजको कथा भने आधा उधि तयार अवस्थामा भएको निर्देशक बिशाल नेपालीले बताएका छन्। वेब सिरीजको क्रिउ मेम्बर र कलाकार भने अझै निश्चित नभएको र कलाकार को लागि भने प्रतिभाशाली र अनुभबी नयाँ अनुहारहरूलाई बिषेश गर्दै अडिसन मार्फत छानिने कुरा यस वेब सिरीजका निर्माता बलदेब पौडेलले बताउनु भयो । उक्त वेब सिरिजको सम्पुर्ण रेकर्डिङको काम काठमाडौ स्थित पुनम रेकर्डिङमा हुनेछ भने ध्वनी उत्पादन सम्पादनको काम महेश बिक्रम पाण्डेले गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!