मंगलबार, बैशाख ०२, २०७७ || 679  पटक पढिएको

जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको सङ्क्रमण जाँच गर्न शुरु गरेको छ । टोलीले यहाँका नौवटै स्थानीय तहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने ¥यापिड टेस्ट सुरु गर्न थालेको हो । अहिलेसम्म ¥यापिड टेस्ट गरिएकाको २३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्यहबादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घर घरमा गएर ¥यापिड टेस्ट गर्न सुरु गरेका छौँ, टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।” क्वारेन्टाइनमा रहेकाको स्वाश सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने ¥यापिड टेस्ट (आरडिटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडिटी गरिएको हो । आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिलागरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको छ । शनिबारदेखि होम क्वारेन्टाइनमा बसेकाको समेत ¥यापिड टेस्ट (आरडिटी) परीक्षण शुरु भएको प्रमुख मलासीले बताउनुभयो । प्रादेशिक स्थिति सुदूरपश्चिम प्रदेशकै तराइका दुइ जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेस्टमा २३८ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले ¥यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो । जिल्ला स्वाथ्य कार्यालयले सबै स्थानीयतहका लागि आलग अलग स्वास्थ्यकर्मीको टोली बनाएर ¥यापिड टेस्टका लागि पठाएको छ । ¥यापिड टेस्ट रगत जाँचबाट गर्ने हुँदा नतिजा समेत चाडै आउने गर्छ । त्यस्तै जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । उनीहरुको नमुना परिक्षणका लागि काठमाडौँ पठाइएको छ । स्वाब सङ्कलन गरिएको रिपोर्ट नेगेटिभ आओस् भन्दै जिल्लावासीले कामना गरिरहेका छन् । भारतका विभिन्न शहरबाट कामगरी घर फर्किएर क्वारेन्टाइनमा राखिएकाको स्वाब सङ्कलन गरिएको हो । क्वारेन्टाइनमा राखिएकाको बुधवार मात्रै नमूना अर्थात स्वाब सङ्कलन गर्न गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ चिकित्ससहितको टोली डोटी आइपुगेको थियोे । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाव सङ्कलन गरेको छ । गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाव सङ्कलन भएको सम्र्पक व्यक्ति विष्टले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा दुइ जना सुरक्षाकर्मीसहित ७६ जनाको स्वाव सङ्कलन गरिएको छ । जिल्लाका ६ ठाउँमा स्वाब सङ्कलन गरिएको थियो । जिल्लामा केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालिकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परीक्षण सङ्कलन केन्द्र तोकिएको थियो । चार तहलाई रु २३ लाखको स्वास्थ्य सामग्री कोरोना रोकथाम तथा नियन्त्रका लागि जिल्लाका चार स्थानीय तहलाई रु २३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले ती सामग्री हस्तान्तरण गरेको हो । जिल्लाका शिखर नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । ती तहलाई सेनिटाइजर ९०० बोतल, साबुन एक हजार ८०० थान र सर्जिकल मास्क ६ हजार थान वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!