मंगलबार, बैशाख ०२, २०७७ || 717  पटक पढिएको

जुम्लाको तिला गाउँपालिकाले चार बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीलाई कोराना भाइसको सङ्क्रमण हुनबाट बच्न १० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ) वितरण गरेको छ । सो गाउँपालिकाको कुडारी, जुम्लाकोट, लिही र तुहीमा रहेको बर्थिङ सेन्टरलाई पिपिइ दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गशेशबहादुर शाहीले बताउनुभययो । बर्थिङ सेन्टरका हेल्थ असिस्टेन्ट विजय रावलले पिपिइ सेट पाएपछि काम गर्न सजिलो भएको बताउनुभयो । गाउँपालिकाकको अध्यक्ष रतननाथ योगीका अनुसार कुडारी वडा कार्यालयभित्रका सबै स्थानीयको घरदैलोमा पुगेर मास्क, साबुन, सेनिटाइजर र अत्यावश्यक औषधि वितरण गरिएको छ । सो पालिकामा भारतबाट आएका २६ जनालाई १४ दिन क्वारेन्टाइन राखी फर्काइएको छ । कोराना परीक्षणमा हालसम्म तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका २५ चैत ०७६ मा घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मङ्गल रावलका अनुसर परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब सङ्कलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । गत चैत २५ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!