मंगलबार, बैशाख ०२, २०७७ || 632  पटक पढिएको

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने चाहना राखेका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहना राखेका हुन् । त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन पनि उनीहरुले आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका नेपालीमा रहेको पाइएको बताए ।त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेका छन् ।हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु पनि धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपाएको महासचिव डा शर्माले जानकारी दिए ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्तभएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए ।यसअघि गैरआवासीय नेपाली संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो ।समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!