विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट रौतहटमा पनि एकजना १९ वर्षीय युवा संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ र आउँदै गरेको खबर अनुसार १७ पुगेको छ । नया वर्ष २०७७ को पहिलो दिन कोरोना भाइरसबाट संक्रमित अथार्त स्वाब टेस्टमा पोजिटिभ भेटिएका १९ वर्षीय युुवा जिल्लाको दक्षिणी भेगका हुन् ।ईशनाथ नगरपालिका ५ का मुश्लिम समुदायका ती युवा भारतको राजधानी दिल्लीस्थित एक ब्याग फ्याक्टीमा काम गरीरहेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोप नियन्त्रण गर्न भारत र नेपाल सरकारले लकडाउन घोषणा गरीसकेपछि ती युवा गत चैत १३ गते चोर बाटो हुँदै घर फर्केका थिए ।राति लुकेर घरमा बसे पनि भोलिपल्ट एकजना स्थानीयको खबर अनुसार ती युवालाई ईशनाथ नगरपालिका अन्तरगत आरैया स्थित क्वारेन्टाईनमा प्रहरीले पुर्याएका थिए ।

स्थानीय प्रहरीचौकी रामपुरका असई गजेन्द्र ठाकुरका अनुुसार आज संक्रमणको पुस्टीभएका युवासँगै अन्य दुुईजना युवा पनि दिल्लीबाट फर्केका थिए ।एकजनाको कोरोना पोजिटिभ रिपोट आएपनी अन्य २ जनाको रिपोट नेगेटिभ रहेको छ । २४ घन्टा परिवारका साथ बिताएका संक्रमित युवाको घरमा बाबुु आमा, श्रीमती, भाउजु, छोरा छोरी, भतिजहरु समेत गरेर १२ जना रहेका छन् ।

संक्रमितको नजिकमा रहेका सबैजनालाई क्वारेन्टाइनमा पठाउनुुपर्ने भए पनि समाचार तयार पार्दासम्म अर्थात सोमवार बेलुकी ८ बजेसम्म सबैजना घरमै रहेका छन् ।ईशनाथ नगरपालिका ५ का वडा अध्यक्ष चाँद अलीका अनुसार सदरमुकाम गौर बाट डाक्टरको टोली अहिले राति नै आउँदैछ उनको सलाह अनुसार परिवारका अन्य सदस्य लाई क्वारेन्टाइन पठाइने छ ।
रौतहटका सिडिओ बाशुदेव घिमिरेका अनुसार संक्रमितको परिवारको र्यापिड टेस्टको लागी जिल्ला बाट डाक्टरको टोली गईसकेको छ । टेस्टको आधारमा क्वारेन्टाइन पठाउने सिडिओ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!