सोमबार, बैशाख ०१, २०७७ || 1151  पटक पढिएको

नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!