सोमबार, बैशाख ०१, २०७७ || 723  पटक पढिएको

कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । सो अस्पतालले आज अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ । आज मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका—१ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पु¥याइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उहाँको नतिजा पोजेटिभ आएको हो । यसअघि उहाँको ¥यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो । यही चैत १८ गते उहाँ आफ्ना श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुग्नुभएको थियो । उहाँका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ । बसबाट लम्की झरेका उहाँसमेत १७ जनालाई त्यसै दिन नजीकैको क्वारेन्टाइनमा राखिएको थियो । ¥यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उहाँहरुलाई घर फिर्ता गरिएको थियो । अस्पतालको सूचनामा हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको, ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ । शुरुमा दुबइबाट फर्किनुभएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उहाँकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो । सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकामा आज लम्कीका महिलामा कोरोना देखिएको पुष्टि भएको हो । सङ्क्रमितको संसर्गमा आउनेको खोजी कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी लम्कीका महिलासँगै क्वारेन्टाइनमा बस्ने थप १६ जनालाई आज पुनः क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट एउटै बसमा आएकाहरुको पहिचान भई सम्बन्धित जिल्लालाई भनी सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सो बसमा आउने ३४ मध्ये सबैभन्दा बढी कैलाली २६, सुर्खेतका पाँच, दाङ, अर्घाखाँची र दैलेखका एक–एक जना रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो । आज थप एकजनामा कोरोना भेटिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा यो रोगको रोकथाममा चुनौती थपिएको छ । बाहिरबाट आएका व्यक्तिको संसर्गबाट स्थानीय एकजना मात्र यो रोग देखिनु तर बढी सङ्ख्यामा बाहिरबाट भित्रिनेमा देखिँदा बाहिरबाट आउनेको निगरानी कडाइका साथ गर्न जरुरी रहेको स्थानीय शिक्षक लेखराज ओझा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!