सोमबार, बैशाख ०१, २०७७ || 595  पटक पढिएको

भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो । कामीको घरमा भएको अन्न सकिएपछि उहाँले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहनुभएको थियो । आइतबार दिउँसो उहाँको घरमा ३० केजी चामलसहित तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत र वडा अध्यक्ष दीपक राना पुग्नुभयो । यसरी घरमै सहयोग मिलेपछि धनकुमारी खुशी नहुने कुरै भएन । धनकुमारीले सहयोगदाताको जय जयकार गर्नुभयो । अब उहाँलाई पैँचो तिर्न पनि पुग्ने सामल भयो । अध्यक्ष रानाले व्यक्तिगत पहलमा सो सहयोग गर्नुभएको हो । खहरेखोलाकी सुशीला सुनारले पनि ३० केजीको चामल पाएपछि दैनिकी चल्ने आशा पलाएको बताउनुभयो । कोरोना रोकथामका लागि लकडाउन जारी भएकाले उहाँहरुले मजदुरी गर्न पाउनुभएको थिएन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा रहेको सो वडाका स्थानीयवासीले समस्या पर्दा अरुलाई समेटेर भाइचारको सम्बन्ध बलियो बनाएर लैजानुपर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले स्थानीयवासीले संसार जित्न सकिन्छ भन्ने सन्देश दिएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!