गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वव्यापी रुपमा दुःख दिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन लकडाउनको पूर्ण पालना गर्नु महत्वपूर्ण उपाय भएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश एवम् विदेशका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैको साझा चुनौती भएको बताउनुभएको छ । विसं २०७६ संघीयताको मूल मर्मबमोजिम कानून निर्माण एवम् संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उल्लेख गर्दै उहाँले जनताको ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् कामना गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पूर्ण रक्षा गर्न दृढ संकल्पित हुँदै विश्व मानचित्रमा अंकित हाम्रो स्वाधीन राष्ट्रको रक्षा गर्न दृढ र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!