खबर ठुलो छ

श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो ।समाचार एजेन्सी एफपीका अनुसार श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म सातजनाको मृत्यु भएको छ । यीमध्ये तीनजना मुसलमान थिए । यी मुसलमानको शव पनि जलाइयो जबकी आफन्त र परिवारका सदस्य यसका लागि तयार थिएनन् ।

आइतबार श्रीलङ्काका स्वास्थ्यमन्त्री पवित्रा वाणिअराचछीले भने, ‘कोरोनाभाइरस संक्रमणका कारण भएको मृत्यु र संदिग्ध बिरामीको मृत्यु हुँदा पनि शवलाई जलाइनेछ ।’यद्यपि, विश्व स्वास्थ्य संगठनले संक्रमणका कारण मृत्यु हुँदा शवलाई जलाउन वा गाड्न दुबै हुने बताएको छ ।अहिलेसम्म श्रीलङ्कामा कोरोनाभाइरसका २ सय बढी संक्रमित पाइएका छन् । श्रीलङ्काले संक्रमण रोक्नका लागि कर्फ्यू लगाएको छ । श्रीलङ्का सरकारको यो निर्णयमाथि थुप्रै मोर्चाले आलोचना गरिरहेका छन् ।

सोमबार, बैशाख ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया