आइतबार, चैत्र ३०, २०७६ || 603  पटक पढिएको

आरफ फार्मेसीले आज प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ । वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर सङ्गठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आज हस्तन्तरण गर्नुभयो । कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार सङ्कलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गर्नुभएको हो । संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिनुभयो । यसअघि सो सङ्गठनको ललितपुर शाखाले पनि सञ्चारकर्मीका लागि प्रेस ज्याकेट वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!