आइतबार, चैत्र ३०, २०७६ || 902  पटक पढिएको

आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा मजदुरी गरेर खाने भारतीय मानिसलाई यहाँको सरकारले हे¥यो, सरकारलाई धेरै–धेरै धन्यवाद । उनीजस्तै भारतको लखीमपुर घर भएका घोडाघोडी नगरपालिका–१ सुखडमा डेरा गरी बस्दै आएका गाउँगाउँमा गएर कपडा बेचेर गुजारा चलाउँदै आएका अजीज गुप्ताको परिवार पनि शनिबार राति पाउरोटी खाएर सुतेको थियो । उनीहरूलाई चिन्ता थियो आइतबारदेखि के खाने भनेर । जब बिहान भयो उनले सुने वडा कार्यालयले भारतीय मजदुरलाई खाद्यान्न दिँदैछ भनेर । उनीमा खुशीको सीमा रहेन, उनी बिहानै वडा कार्यालयले खाद्यान्न वितरण गर्ने ठाउँमा आए र खाद्यान्न लिएर फर्कँदै गर्दा उनले पनि नेपाल सरकार र वडा कार्यालयलाई अन्नदाता भएर आएको भनी धन्यवाद दिए । आइतबार घोडाघोडी नगरपालिका–१ वडा कार्यालयले विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका भारतीय मजदुरलाई कार्यालयले खाद्यान्न वितरण गरेपछि यहाँ रहेका भारतीय मजदुरहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–१ मा रही मजदुरी गरिखाने कोही पनि भोकै नबसुन् भन्ने उद्देश्यले भारतीय नागरिकलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष मनराज शाहीले जानकारी दिनुभयो । “हामीले यसअघि वडाका २०० भन्दा बढी अतिविपन्न परिवारलाई राहत खाद्यान्न वितरण ग¥यौँ र अहिले उहाँहरूलाई वितरण ग¥यौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । नेपाल–भारत सिमानामा कैयौँ नेपाली अलपत्र हुनुहुन्छ । उहाँहरूको व्यवस्थापन त्यहाँ भइरहेको हामीले सुनेका छौँ, त्यस्तै यहाँ रहेका भारतीय दाजुभाइको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने लागेर आफूहरूले वडा कार्यालयमार्फत खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष शाहीले बताउनुभयो । वडा कार्यालयले आइतबार मजदुरी गरी खाने २५ भारतीय परिवारलाई चामल, दाल, तेल, नुन, भटमासलगायतका खाद्यान्न सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!