आइतबार, चैत्र ३०, २०७६ || 769  पटक पढिएको

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगेको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैया स्थित मस्जिदमा बस्दै आएका ३ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमितको संख्या १२ पुगेको हो ।

संक्रमति तीन जना वर्ष ३७, ५५ र ४४ पुृरुष रहेको उनीहरुलाई कोरोनाको आशंकामा नारायणी अस्पताल वीरगन्जको आईसोलेशनमा राखिएकोमा नमुना कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा र केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका ८ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ४ जनाको सेती अस्पताल, २ जनाको बागलुङ र बाँकी २ जनाको टेकुमा उपचार भइरहेको हो। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच सुरुमा संक्रमण पुष्टि भएका एक जना बिरामी भने यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!