आइतबार, चैत्र ३०, २०७६ || 801  पटक पढिएको

पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ । वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालनमा कठिनाइमा परेको परिवारलाई दैनिक जीविकोपार्जनमा परेको समस्यालाई दृष्टिगत गरी वडाले एक हजार ४४६ परिवारलाई राहत वितरण गर्न लागेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरणका लागि वडाका मजुवा, लामेआहाल, नयाँबस्ती खहरेखोला, छुची, ठूलापाटन, गढी, लामपाटन, स्कूलटोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी, खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडबेँसी र देउराली फेदीका विभिन्न स्थानमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थासँग सहकार्य एवं समन्वय गरिएको छ । प्रत्येक दुई परिवारका लागि २५ किलोग्राम चामल, दुई किलो दाल, एक–एक किलो केराउ र नुन, एक लिटर तेलको दरले राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!