आइतबार, चैत्र ३०, २०७६ || 545  पटक पढिएको

सांसद सुमनराज प्याकुरेलले शनिबार स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका र राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । उहाँले सप्तरी जिललाको विभिन्न क्वारेन्टाइन तथा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्नुभयो । सांसद प्याकुरेलले कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा १० थान पिपीइ, ५० लिटर स्यानिटाइजर र मेडिकेटेड १० हजार मास्क वितरण गर्नुभएको रुपनगर निवासी उत्तम अचार्यले जनाकारी दिनुभयो । राजविराजमा गुप्त दानमार्फत राहत वितरण वास्तविक अति गरिब, मजदुर र नागरिकता नभएका परिवारले राहत पाउन नसक्दा यहाँ गुप्तदान गरिएको छ । सरकारले नागरिकता नभएकालाई राहत नदिने भएपछि राजविराजस्थित गजेन्द्रचोकमा स्थानीयवासी शेरू खानले गुप्तदान गर्न लाग्नुभएको हो । स्थानीय सरकारले स्थानीयवासीलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोबास गर्ने नागरिकताविहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायत सो राहत पाउनबाट वञ्चित हुनुपरेको छ । सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानीय चस्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अतिगरिब, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दानमार्फत राहत वितरण गरिएको छ । राजविराजस्थित गजेन्द्रचोकमा १२ किलो चामल, दुई किलो दाल, दुई किलो आलु, एक लिटर खानेतेल र एक किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको थियो । गजेन्द्रचोकमा १८ जनाका लागि पोका बनाएर राखेको अवस्थामा नागरिकता नभएका र अतिगरिब जसले खान नपुगेकालाई गुप्तदानबाट गर्न लागेको खानले बताउनुभयो । यस कार्यमा सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारले आफैँ गजेन्द्रचोकमा खाद्यान्न सामग्रीको पोका बनाएर राखी आफैँ आएर गुप्तदान गर्न उहाँले आग्रह गर्नुभयो । शनिबार गजेन्द्रचोकबाट गरिब २५ परिवारले उक्त सामग्रीको पोका उठाएको छ । चस्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौँ घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफँै गजेन्द्रचोकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!