आइतबार, चैत्र ३०, २०७६ || 777  पटक पढिएको

प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ । त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतलगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी छ । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा विभिन्न जिल्लामा निर्माण गरिएको तीन हजार २३७ श्यया क्षमताको १४६ क्वारेन्टाइनमा ७२ महिला र ९२१ पुरुष गरी जम्मा ९९३ शङ्कास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष गरी जम्मा एक हजार २९४ व्यक्ति होम क्वारेन्टाइनमा छन् भने २१४ श्यया क्षमताको आइसोलेसनमा दुई महिला र १२ पुरुष गरी जम्मा १४ भर्ना रहेको बताउनुभयो । रौतहटमा ७०५ श्यया क्षमताको १६ क्वारेन्टाइनमा अहिले १७ महिला र २०१ पुरुष गरी जम्मा २४१ जनालाई र तीन महिला एवं ४१ पुरुष गरी ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० श्यया क्षमताको आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको बताइएको छ । त्यस्तै बारामा ४०४ श्यया क्षमताको १४ क्वारेन्टाइनमा अहिलेसम्म पाँच महिला र ६३ पुरुष गरी जम्मा ६८ लाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिनुभयो । बारामा अहिले दुई महिला र ५५ पुरुष गरी ५७ होम क्वारेन्टाइनमा छन् । पर्सामा २८६ श्यया क्षमताको १४ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १५ महिला र ७० पुरुष गरी ८५ जना क्वारेन्टाइनमा र दुई महिला र नौ पुरुष गरी ११ होम क्वारेन्टाइनमा छन् । पर्साका विभिन्न ठाउँमा रहेको ३० श्ययाको आइसोलेसनमा अहिले तीन शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ । सप्तरीमा ५८७ श्यया क्षमताको ३१ क्वारेन्टाइनमा अहिले सात महिला र २४७ पुरुष गरी जम्मा २५४ लाई निगरानीमा राखिएको छ भने सात महिला र १८८ पुरुष गरी १९५ होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ आइसोलेसन कक्षमा अहिले कुनै पनि बिरामी नरहेको बताइएको छ । सिरहामा २४६ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले १३ महिला र १२१ पुरुष गरी जम्मा १३४ र चार महिला एवं ७३ पुरुष गरी होम क्वारेन्टाइनमा ७७ रहेका छन् । त्यस जिल्लामा ४० श्ययाको आइसोलेसन रहेकामा त्यहाँ अहिले चार शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ । सचिव घिमिरेका अनुसार धनुषामा ३६२ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले छ महिला र ९३ पुरुष गरी ९९ जनालाई राखिएको छ । यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरी ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा १२ श्ययाको आइसोलेसन रहेकामा त्यहाँ दुई महिला र पाँच पुरुष गरी सात शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ । त्यस्तै महोत्तरीमा ३२५ श्यया क्षमताको १७ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म २० महिला र ७७८ पुरुष गरी जम्मा ७९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा सात महिला र ६७ पुरुषलगायत ७४ जनालाई राखिएको छ । महोत्तरीमा २६ श्ययाको आइसोलेसन निर्माण गरिए पनि अहिले तिनमा कुनै पनि शङ्कास्पद बिरामी नआएको उहाँले जनाउनुभयो । सचिव घिमिरेले सर्लाही जिल्लामा ३२१ श्यया क्षमताको २० क्वारेन्टाइनमा अहिले दुई महिला र ५९ पुरुष गरी ६१ रहेका बताउनुभयो । उहाँले पाँच महिला र ४५ पुरुष गरी ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको बताउनुभयो । त्यहाँ १५ आइसोलेसन कक्ष निर्माण गरिए पनि अहिले ती आइसोलेसनमा कुनै पनि शङ्कास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!