आइतबार, चैत्र ३०, २०७६ || 730  पटक पढिएको

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच शुरु गरेको छ । शुक्रबार वडा नं १२ बाट शुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेका छन् । परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ । यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ । पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!