आइतबार, चैत्र ३०, २०७६ || 739  पटक पढिएको

लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो । विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएका थिए । लकडाउनका समयमा भएको आगलागीबाट घरका खाद्यान्न, लत्ताकपडा सबै जलेपछि उनीहरुले सहयोगको आग्रह गरेका थिए । प्रमुख सचेतक भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र अधिकारकर्मी लक्ष्मी मिश्रले आगलागीबाट प्रभावित परिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायत खाद्य सामग्री सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!