शनिबार, चैत्र २९, २०७६ || 647  पटक पढिएको

लकडाउन (बन्दाबन्दी) लम्बिँदै गएपछि वीरेन्द्रनगरका दुई विद्यालयले अनलाइनबाटै पठनपाठन शुरु गरेका छन् । मङ्गलगढी चोकस्थित सैनिक आवासीय महाविद्यालय र खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा शुरु गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको ती विद्यालयले जनाएका छन् । सैनिक आवासीय महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं शिक्षक बेतेन्द्रकुमार दाहालले कक्षा १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा शुरु गरिएको बताउनुभयो । “लकडाउन अवधिसम्म विद्यार्थीले पढेको भुल्ने, घरमै बस्दा दिक्क मान्ने समस्या थियो”, उहाँले भन्नुभयो, “नियमित पढाइदेखि परीक्षाको तयारी गर्नलाई यसले सहज बनाएको छ, विद्यार्थी क्रमशः अनलाइन नेटवर्कमा जोडिँदैछन् ।” हालसम्म १०० विद्यार्थी सहभागी अनलाइन कक्षामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको छ । विद्यालयले ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड गरेर अङ्ग्रेजी, विज्ञान, गणित र अनिवार्य नेपाली विषय पढाउन शुरु गरेका छन् । चिल्ड्रेन्स प्याराडाइजका माविका प्रबन्ध सञ्चालक यदुप्रसाद ज्ञवालीका अनुसार एप्स डाउनलोड गरेपछि शिक्षकले नेटवर्कमा आवद्ध हुन विद्यार्थीलाई आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक÷विद्यार्थी अनलाइनमा जोडिन्छन् । शिक्षकले व्याख्यान विधिबाट पढाउने र विद्यार्थीले केही नबुझे हात उठाएर सोध्न सक्छन् । चिल्ड्रेन्स प्याराडाइजले मङ्गलबारदेखि अनलाइन पठनपाठन शुरु गरेको हो । अनलाइन कक्षाबाट विद्यार्थी सिकाइप्रति उत्साही छन् । “लामो समय स्कूल बन्द हुँदा पट्यार लागिरहेको थियो, घरमै बसेर शिक्षकबाट पढ्न पाउँदा खुशी लागेको छ”, कक्षा ९ मा अध्ययनरत भरत थापाले भन्नुभयो । प्रबन्ध सञ्चालक ज्ञवालीले आफ्ना विद्यार्थीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म दुई तथा दिउँसो ३ बजेदेखि तीन विषय पढाउने गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!