शनिबार, चैत्र २९, २०७६ || 808  पटक पढिएको

वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ । विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो । कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताउनुभयो । हाल कारागारभित्र एक हजार २८६ कैदीबन्दी रहेका छन् । कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ । सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!