शनिबार, चैत्र २९, २०७६ || 618  पटक पढिएको

कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।

झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले स्थानीय मजदुर घर फर्किएपछि हाल साइटमा सय जना मजदुरले काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

लकडाउन सुरु भएपछि साइटमा चिनियाँ ४० र नेपाली ६० गरी जम्मा सय जना कामदारमार्फत आयोजनाको काम हुँदै आएको छ । स्थानीय कामदार घर फर्किए पनि जिल्लाबाहिरका नेपाली कामदार भने लकडाउनका कारण घर जान नपाएर साइटमै बसेका छन् ।

तिनै घर जान नपाएका कामदारबाट आयोजनाको काम सुचारु छ । हाल हेडवक्र्स निर्माणको काम भइरहेको समितिले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!