खबर ठुलो छ

भारतमा रहेका नेपालीको एक परिवारका ८ जनामा कोरोना संक्रमण भएको छ । नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको हो ।

एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो । मुम्बईस्थित गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको हो । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

यसअघि दक्षिण भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीमा पनि संक्रमण देखिएको थियो । नेपालको सुदूरपश्चिम बझाङ घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो । उनीहरूमध्ये पहिले श्रीमतीमा दुई साताअघि संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदार थिइन् । त्यस परिवारकी एक महिला गत १२ मार्चमा लन्डनबाट आएकी थिइन् ।

यसैगरी दिल्लीको इस्लामिक भेलामा सहभागी भएका दुई नेपालीमा पनि कोभिड–१९ देखिएको थियो ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया