खबर ठुलो छ

कोरोना भाईरस (कोभिड–१९) का कारण उडान बन्द हुँदा युएईमा ११ जना नेपालीहरुको शव अलपत्र परेको छ । नेपालमा लकडाउन हुनुअघि र त्यसपछि युएईमा ज्यान गुमाएका ११ नेपालीको शव युएईका विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। ती शव आफन्तले समेत पाएका छैनन् ।

बिशेषत यूएईमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एक हप्ताभित्र नेपाल पठाउने गरिएपनि अहिले कोरोनाका कारण उडान नहुँदा शव पठाउन नसकिएको नेपाली दूतावास अबुधावीले जनाएको छ।

यहाँका उच्च निकायले नेपाली दूतावास अबुधावीलाई आफ्नो नागरिकको शव जतिसक्दो छिट्टो व्यवस्थापन गर्न अनुरोध गरेको छ। नेपाली दूतावास अबुधावीले शव व्यवस्थापन गर्ने नेपाल सरकार परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

लकडाउनसँगै उडान बन्द हुँदै जाने हो भने यहाँ रहेका नेपालीहरुको शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ । एक उडानमा बढीमा दुईवटा मात्रै शव पठाउन सकिने प्रावधान छ। त्यसैले उडान सुरु भएपनि सबै शव नेपाल लैजान समस्या आउने देखिएको छ। उडान रोकिदै गए खाडी मुलुक कतार, साउदी लगायत मलेसियामा रहेका धेरै नेपालीहरुको शव अलपत्र हुने बताइएको छ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया