शुक्रबार, चैत्र २८, २०७६ || 799  पटक पढिएको

हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्च, हङ्गकङ्गद्धारा राहत प्रकोप व्यवस्थापन कोष, इटहरी उपमहानगरपालिकालाई पचास हजार एकसय रुपैयाँ प्रदान गरेको छ । आज रकम हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष कालसिं राईले विपतको समयमा हङ्गकङ्गमा रहेका साबिकका हाँसपोसा गाविस र हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, १९ लगायतका वडावासीहरुबाट सहयोग रकम संकलन गरि पठाईएको जानकारी दिएका छन् । मञ्चका सचिव भक्त (किरण) तामाङ्गले तत्काललाई पचास हजार एक सय रुपैयाँ भए पनि इटहरी उपमहानगरवासी मात्र नभई आफ्नो मातृभूमिलाई अप्ठ्यारो परेको अवस्थामा यथासक्दो थप सहयोग गर्ने बताए । सन् २०१३ मा हङ्गकङ्गमा गठन भएको मञ्चले विभिन्न समयमा नेपालमा परेको आपत विपतमा सहयोग गरिरहेको छ । इटहरी, दुहबीका अग्नी र बाढी पीडित, तरहराका क्यान्सर पीडितलाई मञ्चले आर्थिक सहयोग गरिसकोको छ । मञ्चले सामाजिक तथा खेलकुदको क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । मञ्चले हङ्गकङ्गमा पनि सहयोग पुराउदै आएको छ । १३ जना कार्यसमिति रहेको मञ्चमा १५० जना सदस्यहरु छन् । उनीहरु सब हङ्गकङ्गमा विभिन्न पेशमा छन् । सहयोग रकम मञ्चका सदस्य सुबेक्छु देवान, शिब रुम्दाली राई र सामाजिक अभियन्ता नवीन गुरूङ, राजन बानियाँ र विकास गिरीद्धारा हस्तान्तरण गरिएको थियो । सहयोग रकम प्राप्त गरिसकेपछि साबिकको हाँसपोसा गाविसका आफु दुई पटक अध्यक्ष रहेका र एकै ठाँऊको भएकोले मञ्चका साथीहरुसँग भावनात्मक सम्बन्ध समेत रहेको मेयर द्धारिकलाल चौंधरीले बताए । उनका अनुसार, हालसम्म (आजको मितिसम्म) आर्थिक र खाद्यन्न गरि ८५ लाख बढी रकम सहयोग प्रदान भएको छ । यसमा कति भने आर्थिक सहयोगको प्रतिबद्धता रकम पनि छ । मेयर चौंधरीले छ महिनासम्म आफ्नो उपमहानगरवासीलाई खाद्यन्न अभाव र भोकभोकै नराख्न प्रतिवद्धता पुनः दोहोराएका छन् । जरुरत परे बजेटका केही शिर्षकहरुमा छुट्टाईएको रकम जनताका निम्ति खर्चिने मेयरको भनाई थियो । ‘यो सालको सामाजिक सुरक्षा कोष, विकास निमार्णका लागि छुट्टाईएको केही रकम यदि संकट लम्बिएर विषम परिश्थीति आए जनताका निम्ति खर्चिन सकिनेछ ।’, मेयर चौंधरीले भने, ‘त्यस्तो परिश्थीति आउदैन भन्ने कामना गरौं । तर, आए जनतालाई माथि राखेर निर्णय गरिनेछ ।’ हप्ता दिनमा नै करौंड आसपासमा सहयोग जुटेको र सहयोग जुट्ने क्रममा यथावत रहिरहेकोले उपमहानगरवासीलाई निराशा नहुन मेयरले आग्रह गरेका छन् । उनले सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई आभार प्रकट समेत गरेका छन् । उनका अनुसार अब चाडैं अनलाईनबाट समेत सहयोग प्रदान गरिने सिष्टम बनाईने छ । त्यसका निम्ति ईसेवासँग समन्वयन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!