शुक्रबार, चैत्र २८, २०७६ || 695  पटक पढिएको

डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरले जिल्लाका स्वास्थ्यकर्मीका लागि निःशुल्क उपलब्ध गराउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । कोरोना भाइरसको नियन्त्रण अभियानमा संलग्न चिकित्सकका लागि उहाँले रु पाँच लाख मूल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गर्नुभएको थियो । उक्त स्वास्थ्य सामग्री यहाँका नौ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई वितरण गर्ने तयारी भइरहेको छ । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाई पर्याप्त स्वास्थ्य सामग्री नहुँदा समस्या भएको जानकारी पाएपछि सांसद आलेमगरले आफ्नो व्यक्तिगत लगानीमा सेनिटाइजर २०० थान, पिपिइ (पर्सनल प्रोटेक्टेड इक्युपमेण्ट) ११० सेट, सुजकभर एकहजार जोडी, क्याप एक हजार जोडी, ग्लोब्स एकहजार २०० जोडी र मास्क एक हजार थान प्रदान गर्नुभएको उहाँका निजी सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । सांसद आलेमगरले प्रदान गर्नुभएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत जिल्ला जनस्वास्थ्य प्रमुख रमेश मलासीलाई हस्तान्तरण गरिएको छ । सांसद आलेमगरले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि जिल्लामा चिकित्सकलाई बिरामीको जाँचसहित कोरोना नियन्त्रण अभियानमा अब सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सामाग्री नहुँदा हामीलाई निकै समस्या भएको थियो, सांसद आलेमगरज्यूले स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ, अब सहज हुने भएको छ ।” जिल्लामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा चिकित्सकहरुले जोखिम मोलेरै बिरामीको चेक जाँच गर्दै आएका थिए । सांसद आलेमगरले उपलब्ध गराउनुभएको स्वास्थ्य सामग्री जिल्लामा सूचना सङ्कलनमा दिनहुँ खटिने पत्रकारलाई समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यसैगरी सांसद आलेमगरले डोटीको शिखर नगरपालिका–१ कपल्लेकी बस्ने स्थानीयवासी चम्पा सार्कीलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!