शुक्रबार, चैत्र २८, २०७६ || 425  पटक पढिएको

सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उहाँले भन्नुभयो । नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिनुभयो । ५८ को स्वाब परीक्षण पठाइयो कोरोना भाइरसको आशङ्कामा दैलेखबाट ५८ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । दैलेखबाट स्वाब परीक्षणका लागि आठविस नगरपालिकाबाट २५, चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट १७, दुल्लू नगरपालिकाबाट छ, नौमुले गाउँपालिकाबाट नौ, नारायण नगरपालिकाबाट एक गरी ५८ जनाको स्वाब पठाइएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । आठविस नगरपालिकाबाट बिहीबार २५ जनाको स्वाब प्रदेश अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा पन्तले बताउनुभयो । यस्तैगरी यसअघि पठाइएको नौमुले गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, नारायण नगरपालिका र दुल्लू नगरपालिकाबाट पठाइएको ३३ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको डा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!