खबर ठुलो छ

प्रदेश नं १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ । बिहीबार प्रदेशका विभिन्न सात स्थानमा ती शय्या थपिएका हुन् । प्रदेश सरकारले निर्माण गरेको कूल २६१ क्वारेन्टाइनमा शय्याको सङ्ख्या अब चार हजार १४८ पुगेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जनाकारी दिनुभयो । प्रदेशमा ४८ आइसोलेसन केन्द्रमा ४३२ शय्या रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार बिहीबारसम्म क्वरोन्टाइनमा बस्नेको सङ्ख्या ५२ महिला र ५५० पुरुष गरी ६०२ पुगेको छ । यस अवधिमा पाँच महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा आठ महिला र १४ पुरुष छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । बिहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५८१ महिला र दुई हजार ५३० पुरुष गरी तीन हजार १११ छन् । रहेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन शय्या सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । यसबीचमा प्रदेशमा हालसम्ममा १७८ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १४३ पुरुष छन् । बाँकीको रिपोर्ट आउने क्रममा छ । सरकारले जारी गरेको १७ औँ दिनसम्मको लकडाउनलाई आम नागरिक, बुद्धिजीवी, पेशागत सङ्घसङ्गठन, व्यवासायीले उच्च सतर्कता अपनाउँदै पूर्ण पालना गरिरहेको पाइएको छ । लकडाउनको समयमा यस क्षेत्रमा प्रहरी प्रशासनले पनि सरकारको निर्देशनलाई पालना गराउन दिनरात खटिरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । उहाँले मानिसमा निकै चेतना आएको भए पनि प्रहरी अझ सक्रिय भएर लककडाउनलाई परिपालना गराउन लागि परेको बताउनुभयो । कोरोना भाइरसका शङ्कास्पद बिरामीको थ्रोट स्वाब नमूना परीक्षण आजदेखि विराटनगरबाट शुरु गरिने भएको छ । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौँबाट आएको आवश्यक रसायन र उपकरणमार्फत कोशी अस्पतालमा शङ्कास्पद बिरामीको नमूना परीक्षण आजदेखि शुरु हुने जानकारी दिनुभयो ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया