शुक्रबार, चैत्र २८, २०७६ || 674  पटक पढिएको

सर्लाही क्षेत्र नं २ का सङ्घीय सांसद चन्दा चौधरीले कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन जिल्ला अस्पताललाई सुरक्षा सामग्री उपलब्ध गराउनुभएको छ । सांसद चौधरीको उक्त सुरक्षा सामग्री जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीमार्फत जिल्ला अस्पताल मलङ्गवालाई हस्तान्तरण गर्नुभएको हो । अस्पतालका मेडिकल अधिकृत डा अभिनाश सिंहका अनुसार सभापति चौधरीले पिपीइ सेट, स्यानिटाइजर र एन–९५ मास्क प्रदान गर्नुभएको छ ।
विपन्नलाई राहतईश्वरपुर नगरपालिकामा जनप्रतिनिधिले अतिविपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेका छन् । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा ३१७ गरिब तथा विपन्न घरधुरीलाई जनप्रतिनिधिले राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् । बिहीबार वडाभरिका विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो ।
कविलासी नगरपालिकामा पनि दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत उपलब्ध भएको छ । नगरपालिको वडा नं ९ र १० का दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत वितरण भएको छ । समाजवादी पार्टीका कविलासी नगरपालिका नगर कमिटी उपाअध्यक्ष सङ्गीतादेवी यादवले राहतस्वरुप चामल, दाल, आलु, नुनलगायतका खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।
यसैबीच, लालबन्दी नगरपालिकास्थित परवानीपुरका स्थानीयवासीले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरेका छन् । सर्लाहीको उत्तरतर्फ पर्ने ग्रामीण क्षेत्र लालबन्दी नगरपालिका–१५ परवानीपुरचोकदेखि सिन्धुलीको सिमाना चुरेसम्मका स्थानीयवासीले बाटोमा रुख ढालेर अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!