बिहिबार, चैत्र २७, २०७६ || 845  पटक पढिएको

सरकारले सवारी साधनबाट काठमाडौं बाहिर जान शुक्रबार र शनिबार दुई दिन अनुमति दिने भएको छ ।

अचानक भएको लकडाउनका कारण चाहेर पनि उपत्यका छाड्न नसकेकाहरुका लागि सरकारले त्यस्तो व्यवस्था गर्न लागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समितिका सदस्यरहेका सरोकारवाला मन्त्री र निकायहरुसँग बिहीबार सिंहदरवारमा छलफल गरेका थिए ।

यात्रुहरुलाई राजधानी पठाउने व्यवस्था र मोडालिटीबारे गृह मन्त्रालयले अहिले तयारी गरिरहेको छ ।

सरकारले गत ११ गते बिहान ६ बजेदेखि लागू गरेको लकडाउन अहिले तेस्रो सातामा चलिरहेको छ । लकडाउन लम्बिरहँदा राजधानीमा जीवनयापन गर्न कठीन भएका दैनिक तथा ज्यालादारी मजदुरहरु हिँडेरै घर जान थालेपछि सरकारले नयाँ निर्णय गरेको हो ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवधि कम्तिमा अरू दुई साता लम्बिन सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!