बिहिबार, चैत्र २७, २०७६ || 944  पटक पढिएको

कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ ।सामान्य समयमा सवारी साधनको बाक्लोे आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे (ओभर–ले) गरिने भएको छ ।उनले भने, “उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!