बुधबार, चैत्र २६, २०७६ || 1000  पटक पढिएको

माहेश्वरी समाज ,युवा मञ्च र माहेश्वरी महिला मञ्च विराटनगरले सम्युक्तरुपमा राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी १ सय ७० परिवारलाई पुग्ने राहत प्रदान गरिएको समाजका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । जसमा १ सय ७० बोरा चामल,२० बोरा दाल रहेको छ ।

कोरोना भाईरसको सङक्रमण रोकथाम तथा न्यूनीकरण गर्न जारी गरिएको लकडाउनमा दुई छाक टार्न गाह्रो हुने परिवारलाई मध्यनजर गर्दै सो सहयोग बुधवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । यस्तै माहेश्वरी महिला मञ्च र युवा मञ्चले वडा नं.९ लाई ३ सय थान माक्स र ३ सय वटा सावुन प्रदान गरिएको जनाइएको छ । कार्यक्रममा डां.शुसिल तापडिया ,नेपाल माहेश्वरी परिषदका अध्यक्ष,महेश सोनी,युवा मञ्चका श्रीप्रकाश तोतला ,अर्चना तापडिया,अभिताप माहेश्वरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!