बुधबार, चैत्र २६, २०७६ || 954  पटक पढिएको

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।‘अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाँजिर हुनुभएको थिएन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले भने, ‘सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयोहटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकासमन्त्री बरालले सिङ्गो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर बिरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

‘सुत्केरी, काजकिरिया, बिरामी बाहेकका बिदा स्वीकृत नगर्न र विनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई हटाउन निर्देशन दिएको छु’, मन्त्री बरालले अनलाइनखबरसँग भने, ‘सबै अस्पतालबाट दैनिक हाँजिरी मगाएर हेरिएको छ, अनुपस्थित हुनेलाई एकपटक स्पष्टीकरण सोधिन्छ र चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!