शुक्रबार, मंसिर २७, २०७६ || 1457  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।

झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका(५ मा डेरा गरी बस्ने २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९।२० ग्राम ब्राउन सुगर बरामद गरेको हो । तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसंगै तामाङलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका(१५ भन्सार कार्यालयको १ नं। ढाटबाट विराटनगर महानगरपालिका( ६ का २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन् । बुधवार अपरान्ह ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई ल्याउदै गरेको खैरो हिरोईन बरामद भएको थियो । खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागु औषधमा ओसार पसारमा अन्य २ जनाको समेत संग्लग्नता रहेको खुल्न आएपछी विराटनगर महानगरपालिका ( ६ का २६ बर्षीय अयुव आलम र केराबारी गाउँपालिका ( १० का ४१ बर्षीय तेज बहादुर लिम्बु समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!