बुधबार, चैत्र २६, २०७६ || 1095  पटक पढिएको

कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका–११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ । प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिनुभयो । जात्रामा पूर्णिमाको दिन बिहान ७ बजे बज्रबाराहीलाई आँगनघर देवीस्थानबाट तल मण्डप बनाइराखेको स्थानमा ल्याई राखिन्छ । त्यसपछि दिउँसो ११ बजेसम्म भक्तजनले देवीलाई पूजा गर्दै बोका, हाँस, कुखुराको भाले आदि बलि चढाइन्छ । राति १२ बजेपछि खटमा राखी मन्दिरबाट निकालेर घण्टी नबजाई चापागाउँको ट्यागलमा ल्याएर राखिन्थ्यो । चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कमाचार्यले मुख्य–मुख्य स्थानमा काठको भैरवको खट बनाई स्थापना र पूजा गरिने गरिएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!