मंगलबार, चैत्र २५, २०७६ || 594  पटक पढिएको

जुम्लाका आठवटै स्थानीय तहले कोराना भाइरस, (कोभिड –१९ )को सम्भावित जोखिमलाई व्यवस्थापन गर्न राहतकोष सञ्चालनमा ल्याएका छन् । न्युनतम रु आठ लाखदेखि अधिकतम एक करोडसम्मको सो कोष खडा गरेको जिल्ल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न एक करोडको कोष स्थापना गरेको नगर प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँका अनुसार यसअघि नगरपालिकामा १० लाख रुपैयाँ बराबरको मात्र राहतकोष खडा गरिएको थियो । कोषमा सङकलित रकम अपुग भएकाले नगरकार्यपालिका बैठकले एक करोड पु¥याएको नगरपालिका प्रवक्ता अर्जुनसिंह कठायतले जानकारी दिनुभयो । सो कोषमा जनप्रतिनिधिले दुइ पटकको बैठक भत्ता र कर्मचारीले एकदिनको तलब भत्ता कटाएर राहत कोषमा जम्मा गर्ने निर्णय भएको थियो । राहत वितरण गर्न उपप्रमुख अप्सरादेवि न्यौपाने महतको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । चन्दननाथ नगरकार्यपालिकाको सो बैठकले सो भाइरसको जोखिमबाट नगरपालिकालाई मुक्त बनाउन ८ स्थानीयतहसँंग समन्वय ,राहत वितरण एकद्वारप्रणालीबाट गर्ने, सङक्रमित भेटिएमा निःशुल्क उपचार गर्ने, नगरपालिका भित्र अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाउने लगायतका निर्णय गरेको प्रवक्ता कठायतले जानकारी दिनुभयो । जुम्लाको गुठिचौर गाउँपालिकाले राहतकोष खडा गरेको छैन् । तर कोराना भाइरसको जोखिम हुन नदिन बजेट खर्च गरिरहेको छ । कनकासुन्दरी गाउँपालिकामा ६० लाखको राहतकोष बनाइएको छ । पातारासी गाउँपालिकाले १० लाख , तातोपानी गाउँपालिकाले ८ लाख , तिला र हिमा गाउँपालिकाले दश लाख र सिंजा गाउँपालिकाले १५ लाख को राहतकोष खडा गरेका छन् । गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी कलडाउनका कारण कार्यपालिका बैठक बस्न नसकेको र राहत कोष स्थापना नभएको बताउनुभयो । एक नगरपालिका सहित सात गाउँपालिका गरी कोरोना रोकथाम तथा राहत वितरणका लागि झण्डै २ करोड ५० लाख बरावरको कोष खडा हुने भएको हो । कोषमा सहयोग गर्न सहयागीहातलाई अपिल गरिएकोछ । राहतकोष खडा गरेर यहाँका स्थानीय तहले नमुनाको काम गरेको भन्दै रकम खर्चमा पारदर्शीता देखाउन स्थानीयले आग्रह गरेका छन् । राहतकोष खडा गर्नु पूर्व यहाँका स्थानीय तहले जथाभावी रकम खर्च गरेका छन् । कार्यपालिका तथा विपत् व्यवस्थापन समितिको बैठक नबसेर रकम खर्च गरेकोले पछि समस्या आउन सक्ने नेकपा नेता पुर्णप्रसाद धिताले बताउनुभयो । २०० श्ययाको आइसुलेशन बनाईदै कर्णाली प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च प्राथमिकता दिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले जानकारी दिनुभयो । प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालका निर्देशक डा. मंगल रावलले अहिले १२० आइसुलेसन श्यया , दश वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको बताउनुभयो । उहाँका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स फोर्स, ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाइन अनुगमनका कामहरु भईरहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा कार्यरत ३२ विशेषज्ञ चिकित्सक र २६ जना मेडिकल अफिसर सवै कोरोनाको जोखिमका विरुद्धका कार्यरत रहेका जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानका कार्यरत ३५० कर्मचारी कोरोनाको सम्भावित जोखिम हुन नदिन कार्यरत रहेको बताउनुभयो । प्रतिष्ठानले २०० श्ययाको आइसुलेसन तयार गर्न गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!