प्रदेश न १ का सांसद बिन्दिया कार्कीको पहलमा विराटनगर स्थित कोशी अस्पतालमा बिरामी र तिनका परिवारलाई साँझको खाना खुवाउन शुरु गरिएको छ ।
कोरोनाको जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य रोगको उपचारमा आई भर्ना भएका बिरामीका आफन्त तथा कुरुवालाई खाना खान समस्या भएपछि हिजो सांझवाट उनिहरुलाई खाना ख्वाउन थालेको उहाले वताउनुुभयो ।
कार्कीले भन्नुुभयो ‘‘अस्पतालको क्यान्टिनले समेत बिरामी बाहेककाहरुलाई माग भएजति खाना खुवाउन नसक्ने जनाउ दिएपछि बिरामी र कुरुवा समस्यामा रहेको थाहा पाएपछि खाना खुवाउन शुरु गरेका हौं । उहाले हिजो सांझ पहिलो दिन दुई सयजनालाई खाना खुवाइएको जानकारी दिनुुभयो ।
यो अभियानमा नेपाल मोरङ र तरुण दल विराटनगरले पनि साथ दिएका छन् । तरुण दलका जिल्ला अध्यक्ष संजय थापा, उपाध्यक्ष खेम थापा, कोषाध्यक्ष अनिल रिजाल, विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्की, लगायतले सहयोग गरेका छन् । पहिलो दिन अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई पनि प्याक गरिएको खाना वितरण गरिएको सांसद कार्कीले जानकारी दिनुुभयो ।
बाहिरबाट नै मेसमा खाना बनाएर प्याक गरि ल्याई खुवाउने पहल भएको हो । आजवाट लकडाउन कार्यान्वयनमा खटिएका सुुरक्षाकर्मीलाई दिउँसोको खाजा खुवाउने तयारी भएको तरुण महानगर अध्यक्ष सन्तोष न्यौपानेले वताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!