सोमबार, चैत्र २४, २०७६ || 1057  पटक पढिएको

कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको आज साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो । भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए । यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४ वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!