भारतको मुम्बईस्थित एक अस्पतालका २६ जना नर्स र ३ जना डाक्टरलाई कोरोना संक्रमण भएको पाइएको छ । सोमबार भारतको स्वास्थ्य विभागले सो कुराको जानकारी दिएको छ । त्यतिधेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । मुम्बईको वोकहार्ट अस्पतालका नर्स र डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डाक्टर र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालनै बन्द गरिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् । अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट मर्नेको संख्या पनि महाराष्ट्र मै देखिएको छ । त्यहाँ अहिलेसम्म ४५ जनाको मृत्यु भैसकेको छ भने ८६८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म १ सय ९ जनाको मृत्यु भएको छ भने ४ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!