सोमबार, चैत्र २४, २०७६ || 527  पटक पढिएको

नेपाल पर्वतारोहण सङ्घले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु पाँच लाख सहयोग गर्ने भएको छ ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले आज एक विज्ञप्ति जारी गरी कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि सरकारलाई उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । “सहयोग रकमले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारको दैनिक आवश्यक एवम् उपभोग्य सामग्रीका निम्ति सहयोग पुग्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नं १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!