चर्चित सिङ्गिङ रियालीटी शो, अमेरिकन आइडलमा दमदार प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेल शीर्ष २० मा पुग्न सफल भएका छन् । यसअघि पनि उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाएको थियो । स्टेजमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिने गरेका दिवेशले यसपटक लेजेन्डरी गायक बब मार्लीको गीत गाएका हुन् जहाँ उनको पूरै परिवार पनि उपस्थित थियो । जजहरुले यसअघिको प्रस्तुतिमै उनमा बब मार्लीको झलक देखा पर्ने बताएका थिए ।
दिवेशले भने आफू यति ठूलो प्लेटफर्ममा यहाँसम्म आइपुग्ने अपेक्षा नगरेको बताएका हुन् । उनले अमेरिकन आइडलको यात्रा अत्यन्तै उत्साहजनक र लामो भएको समेत बताए । धेरै मान्छेहरुको अगाडि प्रस्तुति दिनु आफ्ना लागि नयाँ कुरा भएकाले पनि यात्रा चुनौतिमय रहेको उनी बताउँछन् । हेर्नुस् भिडियो ।

https://youtu.be/46P8QcMq2QQ

पोखरेललाई निर्णायकले उदाउँदो ताराको संज्ञा दिएका छन् । शीर्ष २० मा पुग्न सफल दिवेशलाई आगामी यात्राको सुभकामना दिँदै निर्णायक मध्येका एक लिओनेल रिचीले उनलाई उदाउँदो ताराको संज्ञा दिएका हुन् । रिचीले यसअघिको दिवेशको प्रस्तुतीमा आँशु थाम्न सकेका थिएनन् । दिवेसको स्वभाव र गायन कला आफूहरुलाई अत्यन्तै मन परेको भन्दै निर्णायकले पुनः उनको तारिफ गरेका छन् ।स्टेज र युट्युबमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिँदै आएका दिवेशले केही गीत सार्वजनिक गरिसकेका छन् । अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येक एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८ औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् । २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!