सोमबार, चैत्र २४, २०७६ || 1000  पटक पढिएको

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ का २७ बर्षीय पुर्ण बहादुर खड्का भिरको फेदीमा मृत फेला परेका छन् । चैत्र २२ गते शनिवार बिहान ७ बजे साथिहरुसंगै घुम्न भनी पिके डाँडा तर्फ गएका खड्का बेलुका सम्म पनी घर फर्केर नआई सम्पर्क बिहिन भए संगै निजको खोजतलस शुरु गरिएको थियो । खड्काको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले आज बिहान सवा ११ बजे दुधकुण्ड नगरपालिका-३ पिकेखोप स्थित भिरको फेदीमा मृत अवस्थामा खड्काको शव फेला पारेको हो । खड्कालाई मृत फेला पारिएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको थप टोली खटि गई कानूनी प्रकृया तथा अन्य अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!